ट्रेण्डिङ

होमपेज / अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालगाथा २०८० असार १८ गते सोमबार २१:५९:३० मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमको सोमबारको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो वर्गका लागि ७.५ रूपैयाँ, दोस्रो वर्गका लागि ६ रूपैयाँ र तथा तेस्रो वर्गको लागि ५ रुपैयाँले मूल्य घटाएको जनाएको छ ।

साथै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ ।

यससँगै अब पेट्रोल १६७.५ देखि १७० रुपैयाँ प्रतिलिटरसम्म पाइनेछ । जसमा पहिलाे वर्गअन्तर्गत चारआली, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी पर्दछ । त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा तथा दिपायल पर्दछन् ।

भारतबाट इन्धनकाे मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य समायाेजन गरिएकाे निगमले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top