होमपेज / अर्थ
काठमाडौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच साधारण सेयर (आईपीओ) निष्कासनमा सहयोग गर्ने विषयमा सम्झौता भएको छ।
कम्पनीलाई एक सूचीकृत कम्पनी बनाउने र आवश्यक पुँजीको उपलब्धताजस्ता सहयोगी भूमिका निर्वाह गर्नेसम्मका कार्यका लागि संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता गर्ने विषयमा समेत दुइ कम्पनीबीच सम्झाैता भएकाे छ ।
सम्झौतामा श्रीनगर एग्रिटेकका प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठ र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले हस्ताक्षर गरेको जनाइएको छ । सार्वजनिक निष्कासनका लागि श्रीनगर पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ ।