ट्रेण्डिङ

होमपेज / अर्थ

नेपाल बैंक लिमिटेडमा कर्मचारी माग

असार २१ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सकिने

नेपालगाथा २०८० असार १ गते शुक्रबार १५:२१:२७ मा प्रकाशित

काठमाडाैं ।  नेपाल बैंक लिमिटेडले विभिन्न पदमा एक सूचना प्रकाशित गर्दै ४६ जना कर्मचारी माग गरेकाे छ।

बैंकले बागमती, गण्डकी, लुम्बिनी र कणाली प्रदेशमा रहेका शाखाहरुका लागि ३३ जना सहायक पद (चौथो तह)मा कर्मचारी भर्नाका लागि दरखास्त खुलाएको छ। यो पदमा दरखास्त दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ।

यसैगरी बागमती, कर्णाली र सुदूपश्चिम प्रदेशमा रहेका शाखा कार्यालयहरुका लागि सहायक पद (आईटी)मा ५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरिएको छ। यो पदमा पनि दरखास्त दिन सूचना प्रविधिकमा न्यूनतम स्नातक गरेको हुनुपर्नेछ।

उता सहायक प्रबन्धक (सीए) पदमा बैंकले ८ जना कर्मचारी भर्ना गर्ने भएको छ। यसका लागि सीए वा एसीसीए उत्तीर्ण गरेको हुनुपर्नेछ। याेग्यता पुगेकाे इच्छुकले असार २१ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरी भने असार २८ गतेसम्म दरखास्त दिन सकिने बैंकले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top