ट्रेण्डिङ

होमपेज / अर्थ

इप्पानमा ३८ उम्मेदवारी चुनावी मैदानमा

नेपालगाथा २०८० जेठ ३१ गते बुधबार १५:५०:०५ मा प्रकाशित

काठमाडौं । भोलि हुने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को निर्वाचनमा ३८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । २५ जनाको कार्यसमितिको लागि निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गर्नेको संख्या ३८ पुगेको हो । इप्पानको गत बर्ष संशोधित विधानअनुसार २५ सदस्यीय कार्यसमिति बनाउन सक्ने छ ।

अहिलेसम्म भने इप्पानमा १७ सदस्यीय कार्यसमिति छ । इप्पान निर्वाचन समितिका अनुसार मंगलबार निर्धारित समयमा अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । सुपर खुदी हाइड्रोपावरका गणेश कार्की र यूनियन मेवा हाइड्रोपावरका किरण मल्ले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका हुन् । वरिष्ठ उपाध्यक्षमा तेह्रथुम पावर कम्पनीका मोहन कुमार डाँगी र बाराही हाइड्रोपारका सुर्यप्रसाद अधिकारीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

५ जना उपाध्यक्षका लागि ७ जनाले मनोनयन दर्ता गराएका छन् । जसमा पिपुल्स पावरका भरत बहादुर खत्री, सीइडीभी हाइड्रोपावरका उत्तम भ्लोन, अन्नपूर्ण विद्युत विकास कम्पनीका राम प्रसाद आचार्य, सगरमाथा इनर्जी एवं कन्स्ट्रक्सनका आशिष गर्ग, इदी हाइड्रोपावरका आनन्द चौधरी, रंगुनखोला हाइड्रोपावरका विरेन्द्र मल्ल र देवढुङ्गा मालिका हाइड्रोपावरका दिपेन्द्र बहादुर बम रहेका छन् ।

महासचिव पदका लागि बुद्धभूमी नेपाल हाइड्रोपावरका बलराम खतिवडा र हार्मोनी इनिसिएटिभ्सका विनोद देवकोटाले मनोनयन दर्ता गराएका छन । समितिका अनुसार उपमहासचिव पदमा प्रकाशचन्द्र दु्लालको मात्र मनोनयन दर्ता गरेका छन । योसँगै उनी उपमहासचिव पदमा दुलाल निर्बिरोध भएका छन् ।

५ जना सचिवका लागि ६ जनाको मनोनयन दर्ता भएको छ । जसमा म्याग्दी हाइड्रोपावरका भरतप्रसाद नेपाल, पर्फेक्ट इनर्जी डेभलपमेण्ट प्रालिका भरतकुमार खड्का, रुबी भ्याली हाइड्रोपावरकी कविता पोखरेल कँडेल, ईसुवा इनर्जीका विक्रम बिष्ट, साहस उर्जाका हिम प्रसाद पाठक र दूधपोखरी चेपे हाइड्रोपावरका नारायण कँडेलले मनोनयन दर्ता गराएका छन ।

कोषाध्यक्षमा ठुलोखोला हाइड्रोपावरका नरेन्द्रबल्लभ पन्तको मात्र मनोनयन दर्ता भएको छ । पन्त पनि कोषाध्यक्षमा निर्बिरोध भएका छन् । खुल्लातर्फका ७ सदस्यका लागि १४ जनाको मनोनयन दर्ता भएको समितिले जनाएको छ । जसमा भरत प्रसाद पराजुली, कुवेरमणी नेपाल , सिताराम तिमल्सिना, टेकनाथ आचार्य, विजयमोहन भट्टराई, मिथुन चक्रवर्ती प्रसाद पौडेल, शंकर बस्याल, ग्रीष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तर कुमार श्रेष्ठ, तारा बहादुर इस्वो, कदम केसी र विकास कुमार श्रेष्ठले मनोनयन दर्ता गराएका हुन् ।

महिलातर्फ ३ जना महिला सदस्यहरु निर्बिरोध भएका छन् । ३ जना महिला सदस्य पदका लागि ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन कुमारी जोशीको मात्र मनोनयन दर्ता र निर्विरोध भएका हुन । निर्वाचन कार्यतालिका अनुसार अहिले मनोनयन दर्ता उपर दाबी बिरोधको समय दिइएको छ । मतदान तथा मतगणनाा लगायतका सबै प्रकृया बिहीबार सम्पन्न गर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top