होमपेज / अर्थ
काठमाडौँ । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले हिजोको तुलनामा ९०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।
मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ । हिजो सोमबार १ लाख ११ हजार ६०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५०० रुपैयाँ तोकिएको छ ।
यता चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेकाे छ । यससँगै महासंघका अनुसार चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम छ । हिजो यसको मूल्य तोलामा १४ सय १५ रुपैयाँ तोकिएको थियो ।