ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य २४ सय रुपैयाँले बढ्यो

नेपालगाथा २०८० जेठ १६ गते मंगलबार १२:२९:५८ मा प्रकाशित

काठमाडौं । मंगलबार सनुको मूल्य २४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top