ट्रेण्डिङ

होमपेज / अर्थ

चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा- नेपाल राष्ट्र बैंक

नेपालगाथा २०८० बैशाख २८ गते बिहीबार १५:३२:५८ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत चैत मसान्तसम्मको अवधिमा चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको गत चैत मसान्तसम्मको सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ । गत चैतसम्म पुँजीगत ट्रान्सफर २४.० प्रतिशतले कमी आई ५ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

यसैगरी शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ । न्युज कारखानाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

Top