होमपेज / अर्थ
काठमाडौं । आज १ हजारले सुनकाे भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ हजारले बढेर सुन तोलाको १ लाख १० हजार ८०० पुगेको हो।
अघिल्लो कारोबार दिन प्रतितोला सुन १ लाख ९ हजार ८०० रुपैयाँले कारोबार भएको थियो। तेजाबी सुन १ लाख १० हजार २५० कायम भएको छ।
आज चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला १४५० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँले कारोबार भएको थियो।