ट्रेण्डिङ

होमपेज / अर्थ

दोहोरो अंकले घट्यो नेप्से,साढे ४ अर्बको कारोबार हुँदा वित्त कम्पनी र हाइड्रो उपसूचक बढ्यो

नेपालगाथा २०७८ पौष २१ गते बुधबार १६:०४:३० मा प्रकाशित

काठमाडौं । लगानीकर्ताले प्रोफिट बुक गर्न थालेपछि बुधबार नेप्से सूचक थोरै प्रभावित भएको छ । तथापि, खरिदबिक्री रकममा भने अझै वृद्धि भएको छ । नेप्से सूचक ३०.७५ अंकले घटेर २६४९.२० विन्दुमा अडिएको छ । ४ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बजार परिसूचक नेप्से १.१५ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर र वित्त कम्पनीबाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.५२ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक २.२१ प्रतिशत, विकास बैंक उपसूचक १.७१ प्रतिशत, व्यापार उपसूचक १.७४ प्रतिशत र लघुवित्त उपसूचक पनि २.१ प्रतिशतले घटेको छ ।

काराबोर खुलेबाटै उतारचढाव पूर्ण स्थितिबाट गुज्रिएको शेयरबजारले अधिकतम विन्दु २७ सय चुमेर फर्किएर अन्त्यमा राताम्मे बनेर बन्द हुन पुग्यो ।  छ्याङ्दी हाइड्रो, तेह्रथुम पावरको ५ प्रतिशतभन्दा धेरैले शेयरमूल्य बढेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top