ट्रेण्डिङ

होमपेज / अर्थ

शेयर कारोबार मापक नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६ सय ७९ दशमलव ९५ अंकमा

रोबार रकम ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २७ रुपैयाँ

नेपालगाथा २०७८ पौष २० गते मंगलबार १६:२७:१९ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ ।

शेयर कारोबार मापक नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ । नेप्से परिसूचकमा उत्साह देखिए पनि कारोबार रकम भने सोमबारको भन्दा कम भयो ।

बजारमा उत्पादनमूलक र अन्यबाहेक सबै उपसूचकमा हरिरयाली छाउँदा नेप्सेमा उच्च वृद्धि भएको हो । बैंकिङ, विकास बैंक र वित्त कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिँदा उक्त उपसूचक पनि उच्च दरमा बढेको छ ।

दिनभर ९१ लाख १० हजार ७ सय ५८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २७ रुपैयाँमा रोकियो । यस अघि सोमबार ४ अर्ब ५३ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको थियो ।

आज बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै ३.६१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, विकास बैंक उपसूचक ५.२३ प्रतिशत, वित्त कम्पनी उपसूचक ३.७१ प्रतिशत र हाइड्रोपावर उपसूचक ३.११ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top