होमपेज / अर्थ
काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक २६ सय अंक माथि पुगेको छ ।
१.२४ प्रतिशतले बढेसँगै नेप्से परिसूचक २६ सय १६ अंकमा पुगेर रोकिएको छ । आज नेप्सेको कारोबार २५ सय ८४ अंकबाट सुरू भएको थियो ।। पछिल्ला दिनहरुमा बजार औसतमा सकारात्मक गतिमा देखिएको छ । सेयर बजारमा उतारचढावहरु आइरहन्छन् । तलमाथि गर्नु सेयर बजारको विशेषता पनि हो ।
दिनभर ८२ लाख ५ हजार ५२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँ पुग्यो । आज नेप्सेमा हिमालयन डिस्टिलरीको सेयर सबैभन्दा बढी कारोबार भएको छ ।