ट्रेण्डिङ

होमपेज / अर्थ

पाँच महिनामा पाँच करोड राजस्व सङ्कलन

नेपालगाथा २०७८ पौष १९ गते सोमबार १४:३५:४६ मा प्रकाशित

काठमाडौं । भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा रु पाँच करोड राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व सङ्कलन भएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले वार्षिक  रु ११ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ४५ प्रतिशत बढी आन्तरिक आय सङ्कलन भइसकेको छ । 

 त्यस्तै आन्तरिक आय अतिरिक्त मालपोत करबापत नगरपालिकालाई वार्षिक रु तीन करोड ५० लाख र विभाज्य करअन्तर्गत रु सात करोड ५० लाख सङ्कलन भएको छ । नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउँदै लगेको छ । चार वर्षअघि नगरपालिकाको आय करिब रु चार करोड रहेकामा गत वर्षसम्म त्यसमा वृद्धि गरी रु २१ करोड पु¥याइएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top