ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य प्रतितोला ९३ हजार ४०० तोकियाे

नेपालगाथा २०७८ पौष १८ गते आइतबार १३:४०:१२ मा प्रकाशित

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० ले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० तोकिएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९२ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २७० पुगेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२९ डलर आसपास कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top