होमपेज / अर्थ
काठमाडौं । सेयर बजारमा सकारात्मक सर्किट लागेर बन्द भएको छ ।
तेस्रो घण्टामा शेयर बजार ६ प्रतिशतले बढेपछि मंगलबारका लागि निर्धारित समयभन्दा अगाडि नै कारोबार बन्द भएको छ ।दिउँसो १२ बजेर ३८ मिनेटमा कारोबार रोकिएर एक बजेर १८ मिनेटमा खुलेको नेप्से अर्को ८ मिनेटमा नै अर्को १ प्रतिशत वृद्धि भएर ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको छ । नेप्से १३७.१८ अंकले बढेर २४१८.८५ अंकमा बन्द भएको छ ।
यसअघि आइतबार र सोमबार बजारमा ठूलो पहिरो गएको थियो । मंगलबार बजार बन्द हुनु अगाडि १३७.१८ अंकले बढेर २४१८.८४ बिन्दुमा पुगेको छ । यो वृद्धि ६.०१ प्रतिशत हो ।
नेप्सेमा आज कारोबार बन्द हुँदा एक अर्ब ८४ करोडको कारोबार भएको छ ।