ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य ३००ले बढ्यो

नेपालगाथा २०७८ मंसिर २८ गते मंगलबार ११:४१:५८ मा प्रकाशित

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९२ हजार ८०० पुगेको छ ।पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८६ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top