ट्रेण्डिङ

होमपेज / अर्थ

आज सुनको मूल्य प्रतितोला ९३ हजार सात सय

नेपालगाथा २०७८ मंसिर ५ गते आइतबार १२:४०:४८ मा प्रकाशित

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० तोकिएको छ ।अघिल्लो दिन प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार २०० कायम भएको छ जसको मूल्य गत शुक्रवार प्रतितोला ९३ हजार ९०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ले घटेर एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top