ट्रेण्डिङ

होमपेज / अर्थ

३ सयले घट्यो सुनको मूल्य

नेपालगाथा २०७८ कार्तिक २९ गते सोमबार ११:५५:०४ मा प्रकाशित

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले ओरालो लागेर ९४ हजार ३०० तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला ९४ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ८०० तोकिएको छ जसको मूल्य आइतबार प्रतितोला ९४ हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ले घटेर एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५७ डलर आसपासमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top