होमपेज / अर्थ
काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। पेट्रोलको साविकको मूल्यमा २ रुपैयाँले मूल्य वृद्धि भएको हो। अब एक लिटर पेट्रोलको मूल्य १ सय ७ रुपैयाँ खुद्रा तोकिएको छ। डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।