ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्यमा सामान्य गिरावट

नेपालगाथा २०७७ भाद्र ७ गते आइतबार १३:५८:२० मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा प्रतितोला रु ४०० ले गिरावट आएको छ । महासंघले छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ ।

चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रतितोला रु २५ ले घटेर १ हजार ३४५ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top