ट्रेण्डिङ

होमपेज / अर्थ

एशियन लाईफ इन्स्योरेन्सद्धारा साढे ६ लाख बरावरको चेक हस्तान्तरण

नेपालगाथा २०७७ असार ६ गते शनिबार १७:५३:२७ मा प्रकाशित

सुर्खेत । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुर्खेतले डिउटीका क्रममा मृत्यु भएका स्वर्गिय बिशाराम चौधरीको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ । वीरेन्द्रनगर नगरपालिका २ लौबस्ता घरभई हाल चितवन सशस्त्र प्रहरी गण नं १७ मा कार्यरत रहेका चौधरीको परिवारलाई बिमा रकम हस्तान्तरण गरिएको हो । उनको २०७६ साल चैत्र २६ गतेका दिन डिउटीमा रहेको बेला निधन भएको थियो ।

चौधरीले एशियन लाईफ ईन्स्योरेन्समा एशियन सावधिक जीवन बीमा योजना  अन्तर्गत ५ लाख रुपैयाको १५ बर्षिय बीमा गरेका थिए । जस अन्तर्गत शाखा सुर्खेतले आज (शनिबार) सामाजिक दुरि काएम राख्दै, एक कार्यक्रमका बिच ६ लाख ४९ हजार ५ सयरु पैयाको चेक उनकी श्रीमती रमिता कुमारी चौधरीलाई हस्तान्तरण गरिएको एशियन लाईफ ईन्स्योरेन्स शाखा सुर्खेतका बिजनेश म्यानेजर मानबहादुर चौधरीले जानकारी दिए । चौधरीले हाल सम्म छैठौं किस्ता वापत २ लाख १३ हजार ३ सय ६ रुपैया कम्पनीमा बुझाएका थिए । 

रकम हस्तान्तरण गर्दै सिनियर बिजनेश म्यानेजर प्रवेशमान मानन्धरले उक्त रकमले परिवारलाई राहत पुग्ने बताए । उक्त रकमले उनका नावालक छोराछोरीको शिक्षादिक्षा र उचित कार्यमा प्रयोग गर्नका लागि परिवारलाई आग्रह समेत गरे । मृतक बिशाराम चौधरीको ७ बर्षिय छोरा, श्रीमती र बृद्ध आमा÷बुवा परिवारमा रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top