ट्रेण्डिङ

होमपेज / अर्थ

प्रदेश सरकारको बजेट, साक्षर कर्णालीदेखि सांस्कृतिक संग्राहलयसम्म

नेपालगाथा २०७७ असार १ गते सोमबार १३:२८:४६ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक बर्ष २०७७/०७८ को बजेटमा साक्षर कर्णाली अभियानदेखि सांस्कृतिक संग्राहलयसम्मका योजनाहरु समेटिएको छ । कर्णाली प्रदेशसभाका बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक बर्षमा कर्णालीलाई पूर्ण साक्षेर प्रदेश बनाउने बताए । नेपाल सरकार र स्थानीय तहको समन्वयमा कर्णालीलाई साक्षर प्रदेशलाई पूर्ण साक्षेर बनाइने उनको भनाई थियो । साथै उनले केन्द्र सरकार र स्थानीय तहको सहकार्यमा समय अनुकुल पाठ्यक्रम तयार पारिने समेत बताए । 
मन्त्री ज्वालाले कर्णालीको ऐतिहासीक महत्वलाई ख्याल गर्दै जुम्लाको सिजा र दैलेखको दुल्लुमा सांस्कृतिक संग्राहालय स्थापना गर्ने बताएका छन् । प्रदेश संग्राहलयको स्थर उन्नती गर्दै स्थानीय तहको सहकार्यमा सिजा र दुल्लुमा सांस्कृति संग्राहालय निर्माण र पूर्वाधार विकासमा सांझेदारी गरिने उनको भनाई थियो । सिजाको पुरातात्व र दुल्लुमा रहेको नेपाली भाषाको पराचिन अभिलेख, कृतिखम्ब, गढि देवलको संरक्षण गरिने, खसभाषाको शब्दकोष तयार गर्न आवश्यक बजेट विनियोजन गरेको बताए । 
प्रदेशलाई अर्गानिक बनाउनको लागि जैविक विसाधी कारखाना स्थापना गर्ने २ करोड बजेट विनियोजना गरेको मन्त्री ज्वालाको भनाई छ । साथै उनले उद्योगिक क्षेत्रलाई प्रथामिकतामा राख्दै उद्योग ग्राम स्थापना गर्न ७ करोड ५० लाख बजेट विनियोजन गरेको उनको भनाई थियो । 
साथै उनले प्रदेशको राजधानी वीरेन्द्रनगरको विकासका लागि एकीकृत योजना बनाएर कार्यान्वयन गरिने समेत बताए । प्रदेश राजधानी शहर एकीकृत विकास परियोजना सञ्चालन गर्न ५१ करोड विनियोजन गरिएको उनको भनाई छ । 
यस्तै जनता आवास कार्यक्रमलाई निरन्तरता दिइएको, प्रदेश प्रहरी गठन गरिने, कानुनी सहयता कार्यक्रम सुरु गरिने, डिजिटल कर्णालीको गुरुयोजना तर्जुमा गरिने जस्ता कार्यक्रमहरु अघि सारेको बताए । 

केन्द्र सरकार संगको सहकार्यमा भेरी बनाई बहुउदेश्यीय आयोजना र जगदुल्ला जलविद्युत आयोजनामा लगानी गरिने, भेरीको बाँधबाट प्रदेश सरकारको पूर्ण स्वामित्व हुने गरी विद्युत उत्पादनको काम सुरु गरिने बताए । 

रणनीतिक महत्वका सडक निर्माणको लागि नेपाल सरकार संग समन्वय गरिने बताए । जिल्ला सदरमुकाम जोड्ने सडक, तथा अन्तरप्रदेश जोड्ने सडकलाई तिव्रता दिइने उनको भनाई छ । 

जनता सडकलाई निरन्तरता दिइँदै १ अर्ब ४२ करोड विनियोजन गरेको मन्त्री ज्वालाको भनाई छ । मन्त्री ज्वालाले सडक र यातायातको विकास कार्यक्रमका लागि ५ अर्ब ७९ करोड विनियोजन गरेको बताए । 

मन्त्री ज्वालाले सहकारीलाई उच्च प्रथामिकतामा राख्दै एक सहकारी एक उत्पादन कार्यक्रम सुरु गर्ने बताएका छन् । सहकारीको माध्यमबाट रोजगारी तथा कृषि बस्तुको विकासमा विशेष जोड दिएको उनको भनाई थियो । सहकारीको माध्यमबाट उत्पादन, वितरण, भण्डारणलाई प्रोत्साहन गरिने बताए । सहकारी नियमन प्रर्णालीलाई प्रभाविकारी बनाइने उनको भनाई छ । 

कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गर्नको लागि १० करोड छुट्याएको मन्त्री ज्वालाले बताए । त्यो बाहेक प्रदेशका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुमा होम स्टे, सडक निर्माणको बिषयलाई प्रथामिकतामा राखेको बताए । 

यस्तै कृषि उत्पादनलाई बृद्धि गर्न एक स्थानीय तह एक उत्पादन विशेष कार्यक्रम सञ्चालन गरिने बताए । संघिय र स्थानीय तहको सहकार्यमा सञ्चालन गरिने कार्यक्रमको लागि २७ करोड ६५ लाख विनियोजन गरेको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top