ट्रेण्डिङ

होमपेज / अर्थ

हुम्लामा पुन हिमपात दैनिक जनजीवन कष्टकर

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार १४:१६:१३ मा प्रकाशित

जनज बहादुर शाही २९ पुष /हुम्ला । हुम्ला जिल्लामा पुन हिमपात भएको छ । हिजो बिहान देखि हिउँ पर्न थालेपछि हुम्लामा दैनिकी कष्टकर भएको हो । 

हुम्लामा यसवर्ष यो सहितको पाचौ पटक हिमपात भएको हो । हुम्लाका साविक गाविस  लिमी, मुचु, खगालगाउँ, स्याँडा हेप्क्का, बरगाउँ सिमकोट, छ्रिप्रा, बराई, रोडिकोट, मेल्छाम मिमि लगायतका उत्तरी भेकका गाउँहरुमा हिमपात भएको हो ।

 हिमपात हुदा हुम्ला हिउँले सेताम्मे भएको छ । हिमपातले गर्दा अत्यधिक चिसो बढेको छ । हुम्लाको तापक्रम माईनस ११ डिग्री पुगेको छ । 

हुम्लाकोे उत्तरी नाम्खा गाउँपालिका लिमी ,यारी , चाला, ताङ्गीन, याङ्गार, याल्वाङ्ग र केर्मीगाउँमा २ फिट भन्दा बढि हिउँ जमेको मुचु प्रहरी चौकी लाई उद्धित गर्दे जिल्ला प्रहरी कार्याल हुम्लाकाा प्रहरी नावय परिक्षक रविन श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top