होमपेज / अर्थ
सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले विकास बजेट खर्च गर्ने आधार यस बर्ष तयार भए अर्को बर्ष सजिलै खर्च गर्न सकिने बताएका छन् । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालय कार्य प्रगति तथा भावी योजना समबन्धमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बौल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् ।
संघीयताको मुल कडी प्रदेश भएकाले प्रदेश बलियो भए मात्र संघीयताको स्पष्ट कार्यान्वयन हुने मन्त्री ज्वालाको भनाइ थियो । विकास बजेट खर्च हुनुमात्र ठूलो कुरा नभएर दुरुपयोग नहुने गरी खर्च हुनु ठूलो कुरा भएको उनकाे भनाइ थियाे ।
अहिले पनि केही मात्रमा कर्मचारीहरुको अभाव रहेको छ । उनले भने, ‘सबै काम अघि बढेको छ । खर्च गर्ने प्रविधिलाई एक लयमा ल्याएका छौँ, अब प्रतिफल निकाल्ने मिसन छ ।’ अहिलेको अवस्थामा अरुको भर पर्नु परेको भन्दै मन्त्री ज्वालाले कर्णाली विशेष क्षेत्र हो र विशेष अनुदानमा जोड दिनु पर्छ बताए । अहिले विशेष गरेर सम्भावित क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार लाग्ने मन्त्री ज्वालाको भनाइ थियो ।
उनले कर्णाली प्रदेशका योजनाहरुको बारेमा विभिन्न क्षेत्र सँग छलफल भैरहेको कुरा स्पष्ट पारे ।
यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेश योजना आयोगका अध्यक्ष दिपेन्द्र रोकायले सबै भन्दा कान्छो कर्णाली सरकार बलियो रुपमा अघि बढीरहेको बताए । उनले सबै क्षेत्रको बारेमा विषय विज्ञहरुको सुझाव संङकन गरेर कर्णालीको विकास गर्नु पर्ने बताए । पूर्वाधार विकासको लागि सडक क्षेत्रलाई प्रथामिकता दिएका छौँ ।
उनले भन, ‘१८ हजार क्षमतासम्मको विद्युत उत्पादन गर्न सक्ने क्षमता छ । विभिन्न कारणले रोकिएका योजनाहरुको बारेमा बेलाबेलामा छलफल भैरहेको छ ।’
यस्तै मन्त्रालयको कार्य प्रगति तथा भावी योजना सम्बन्धमा जनाकारी दिँदै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले संघीय सरकारले बनाउने कानुन तथा अन्य जटिलताले विकास बजेट सोचे जति खर्च गर्न नसकिएको बताए ।
उनले संघीय र प्रदेश तथा प्रदेश र स्थानीय तह बीच समन्वय गर्ने अन्तर सकार समन्वय संयन्त्र नभएको, प्रदेश तथा स्थानीय तहमा बैदेशिक सहायता परिचालन गर्ने प्रणालीका समबन्धमा स्पष्ट भइनसकेको लगायतका चुनैतिहरु अझै पनि जिवित नै रहेको बताए ।