ट्रेण्डिङ

होमपेज / अर्थ

राज्यले लिएकाे नीतिलाइ पूरा गर्न संयुक्त उद्याेगी व्यवसायी

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार ००:११:१२ मा प्रकाशित

सुर्खेत । मंसीर २९ गते हुन गइरहेकाे सुर्खेत उद्याेग वाणिज्य संघकाे निर्वाचनमा राज्यले लिएकाे सुखी नेपाली समृद्ध नेपाल भन्ने नीतिलार्इ पूरा गर्न संयुक्त उद्याेगी व्यवसायी एकजुट भएकाे सहभागीहरुले बताएका छन् ।

आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी दिएकाे जानकारी अनुसार कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा हुन गइरहेकाे उद्याेगी तथा व्यवसायीकाे निर्वाचनले ठूलाे महत्व राख्ने हुँदा अभूतपूर्व एकताकाे सन्देश सहित सर्वसम्मत रुपमा साझा नेतृत्व चयन गर्ने प्रयास सार्थक नभए पछि संयुक्त उद्याेगी व्यवसायीहरुले निर्वाचनका लागि उम्मेदवार घाेषणा गरेकाे हाे । अझै पनि समय रहेकाले सर्व सम्मत गर्ने प्रयास पनि रहिरहेकाे व्यवसायिहरुले जनाएका छन् । 

संयुक्त उद्याेगी व्यवसायी समूहले प्रकाश उप्रेतीकाे अध्यक्षतामा उम्मेदवार घाेषणा गरेकाे छ । वरिष्ठ उपाध्यक्षमा हर्षविक्रम खड्का, वाणिज्य उपाध्यक्षमा प्रवल शाही, उद्याेग उपाध्यक्षमा गणेश बस्नेत र महिला उपाध्यक्षमा वसन्तीकुमारी जिसी (एकता) ले उम्मेदवारी दिनुभएकाे छ । यसैगरी उक्त समूहकाे महासचिवमा कलाधर उपाध्याय (केदार), काेषाध्यक्षमा गाेविन्द पाण्डे र सचिवमा शिवराज अधिकारी रहेका छन् । यसैगरी संयुक्त उद्याेगी व्यवसायी समूहकाे सदस्यहरुमा रामबहादुर गाैतम, रेशम ढकाल, लक्ष्मण खत्री, कृष्णप्रसाद सुवेदी, अभिमान बुढा, प्रकाशचन्द्र थापा, प्रेमबहादुर रावत, हरिकुमार श्रेष्ठ, सिंहराज बम, मदनबहादुर थापा र तेजप्रसाद तिवारी रहेका छन् । समूहकाे महिला सदस्यहरुमा लक्ष्मी कार्की (प्रधान) र टीका कंडेलले उम्मेदवारी दिएका छन् । 

पूर्व अध्यक्षहरुकाे संयुक्त उद्याेगी व्यवसायी समूहलार्इ समर्थन 

संयुक्त उद्याेगी व्यवसायी समूहलाई पूर्व अध्यक्षहरुकाे एक समूहले समर्थन जनाएकाे छ । पूर्व अध्यक्षहरुकाे तर्फबाट विष्णु शाही, पदम बहादुर शाही र निवर्तमान अध्यक्ष प्रकाश अधिकारीले अाफूहरु लगायत पूर्व अध्यक्षहरु सूर्यबहादुर खड्का र निरक केसीकाे समेत समर्थन रहेकाे बताए । उनीहरुले सर्वसम्मतकाे अन्तिम प्रयास गरेकाे भए पनि समहति जुट्न नसक्दा संयुक्त उद्याेगी व्यवसायी समूहकाे पक्षमा अाफूहरु उभिन बाध्य भएकाे बताए । उनीहरुले भने, 'हामी सबैकाे उदेश्य भनेकाे उद्याेगी र व्यवसायी एकजुट भएर अार्थिक क्षेत्रलार्इ थप मजबुत बनाउने हाे ।' 

धनबहादुर रावतकाे लोकतान्त्रिक प्यानल

लोकतान्त्रिक प्यानलबाट धनबहादुर रावतकाे अध्यक्षतामा उम्मेदवारकाे घाेषणा गरिएकाे छ । वरिष्ठ उपाध्यक्षमा वासुदेव शर्मा, वाणिज्य उपाध्यक्षमा दीपेन्द्र ढकाल, उद्याेग उपाध्यक्षमा हरि बिष्ट र महिला उपाध्यक्षमा कृष्णाकुमारी थापाले उम्मेदवारी दिनुभएकाे छ । यसैगरी उक्त समूहकाे महासचिवमा लक्ष्मण कंडेल, काेषाध्यक्षमा भद्र भण्डारी र सचिवमा रामप्रसाद पाण्डे रहेका छन् । यसैगरी संयुक्त उद्याेगी व्यवसायी समूहकाे सदस्यहरुमा दीपक खड्का, जनकबहादुर थापा, अक्कलबहादुर शाही, कर्णबहादुर शाही, प्रेमप्रसाद पाण्डे, हबिब हुसैन, प्रेमबहादुर थापा, कपिलमणि सुवेदी, भीमप्रसाद पाैडेल, विन्दप्रसाद जैशी (विशाल ढकाल), रमेश वराल र राजुप्रसाद पाण्डे (राजु) रहेका छन् । समूहकाे महिला सदस्यहरुमा राेजीना कार्की र यमुना सापकाेटाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top