होमपेज / समाज
काठमाडौं । हरेक वर्ष जुन २१ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । योगको महत्वलाई विश्व समुदायसमक्ष पुर्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघले यस दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको हो ।
सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय योग दिवससम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको थियो । उक्त प्रस्तावलाई सदस्य राष्ट्रहरूले सर्वसम्मत रूपमा समर्थन गरेपछि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरिएको थियो ।
त्यसपछि सन् २०१५ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष यस अवसरमा योग अभ्यास, जनचेतनामूलक कार्यक्रम, प्रशिक्षण तथा विशेष समारोहहरू आयोजना गरिन्छन् ।