होमपेज / समाज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनको तयारीसँगै रास्वपाले केन्द्रीय समिति बैठक चितवनको भरतपुरमा आह्वान गरेको हो । महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठक भरतपुरको होटल एिमटीमा बस्न लागेको हो । दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनलगायतका एजेन्डामा छलफल हुनेछ ।
बैठकमा राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि, प्रतिवेदन, विधान संशोधन प्रमुख एजेन्डा रहेको बताइएको छ ।
भोलिदेखि रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ ।