ट्रेण्डिङ

होमपेज / समाज

राप्रपाकाे महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते

नेपालगाथा २०८३ असार ४ गते बिहीबार १८:२०:१३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते गर्ने कार्यतालिका पारित गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले काठमाडौंमा आगामी मंसिर २६, २७ र २८ गते महाधिवेशन आयोजना गर्नेसहितको कार्यतालिका पारित गरेको छ।

बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका समेत परिमार्जन सहित पारित गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिबाट प्रस्तावहरूलाई शुक्रबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने अध्यक्ष लिङ्देनले बताए ।

उनले भाद्र मसान्तसम्ममा जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्ने, असोज मसान्तसम्ममा सक्रिय सदस्यता वितरणको कार्य सम्पन्न गर्ने प्रस्ताव गरिएको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top