होमपेज / समाज
काठमाडौं ।विद्यार्धी र अभिभावकले चलचित्र ‘रोल नं १’लाई मन पराएका छन् । विद्यार्थी र अभिभावक दुवैको साथ ‘रोल नं १’लाई मिलेको निर्माता विनोद पौडेलले बताए । सिनेमाले नेपाली शैक्षिक प्रणाली र यसको मूल्यांकन विधिमा उठाएको प्रश्नप्रति अभिभावक र विद्यार्थी दुवै कन्भिन्स भएको निर्माता पौडेलको भनाइ छ ।
पछिल्लो समय यो चलचित्र स्कुलले पूरै शो नै बुकिङ गरेर हेरिरहेका छन् । स्कुलले शो नै बुकिङ गरेर हेरिरहेको भिडियो र तस्वीरहरु सामाजिक सञ्जालमा बाक्लै देखिरहेको छ । विद्यार्थीहरू सिनेमा हेर्न गएपछि सिनेमाले पाएका शो हाउसफूल भइरहेको निर्माणपक्षले जनाएको छ ।
यो चलचित्रले हालसम्म नेपाली बक्सअफिसमा एक करोडभन्दा माथि ग्रस कलेक्सन गरिसकेको छ ।