ट्रेण्डिङ

होमपेज / समाज

आर्थिक समृद्धि र विकासको ढोका खोल्न नयाँ दिल्ली आएँ - रवि लामिछाने

नेपालगाथा २०८३ जेठ २१ गते बिहीबार १९:२४:२८ मा प्रकाशित

काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालको आर्थिक समृद्धि र विकासको ढोका खाेल्न भारतकाे नयाँ दिल्ली आएको बताएका छन् ।

प्रवासी नेपाली सम्पर्क मञ्च भारतद्वारा नयाँ दिल्लीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य रहेको प्रस्ट पारे।

उनले भारतसँग आफ्ना व्यक्तिगत वा पार्टीगत माग केही नरहेको उल्लेख गर्दै सबै मुद्दा नेपाल र नेपालीको उन्नतिमा मात्र केन्द्रित रहेको उल्लेख गरे ।भाजपाको निमन्त्रणामा पाएको सद्भाव र सम्मान व्यक्तिगत नभएर सम्पूर्ण नेपाली र भारतमा रहेका प्रवासीहरूको भएको उनले बताए ।

विगत १०-१२ वर्षमा भारतले विकास र समृद्धिमा मारेको फड्कोलाई नजिकबाट नियालिरहेको बताउँदै उनले अब नेपाल पनि सँगसँगै यात्रा गर्ने खाकासहित कूटनीतिक च्यानलहरूलाई सक्रिय बनाउन लागिपरेको दाबी गरे ।

आफूले पनि जीवनका सुनौला वर्षहरू प्रवासमा बिताएकाले परदेशिनुको पीडा राम्रोसँग बुझेको स्मरण गर्दै लामिछानेले रास्वपा यसपटक प्रवासी नेपालीका समस्या समाधानको ‘मलम’ सहित आएको बताए ।

स्वदेशमै रोजगारी, शिक्षा र स्वास्थ्यको भरपर्दो व्यवस्था गरी नेपालीहरूलाई मातृभूमि फर्कने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top