होमपेज / समाज
नेपालगन्ज । महिलाहरुको लागि महिनावारी झोला (फ्रीडम कीट व्याग) बनाउने तालिम नेपालगन्जमा आजदेखि शुरु भएको छ । सामाजिक विकास डिभिजन बाँकेको सहयोग तथा दिदी बहिनी समाज बाँकेको आयोजनामा सो तालिम शुरु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० का किशोरी तथा महिलाहरुका लागि सो तालिम आयोजना गरिएको हो । सेनेटरी प्याडको बिकल्पको रुपमा कपडाको प्याद बनाउने तालिम आयोजना गरिएको सो संस्थाले जनाएको छ । संस्थाकि अध्यक्ष रमादेबी शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगरकार्यपालिका सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० कि सदस्य बिना थापा मगरको प्रमुख आथित्यमा तालिम उद्घाटन गरिएको छ ।
सहसचिव शोभा थापा मगरले कार्यक्रम संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष कमला वलिले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथी थापाले सिपमुलक तालिमबाट सीप बिकास हुने आशा व्यक्त गरिन् ।
गैरसरकारी संस्था महासँघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह लगायतले मन्तव्य व्यक्त गरेको उक्त तालिम ७ दिनसम्म संचालन हुनेछ । तालिममा अनिता न्यौपाने र पार्वती कडायतले प्रशिक्षण दिनेछन् । तालिममा २० जना सहभागी हुनेछन् ।