ट्रेण्डिङ

होमपेज / समाज

संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

नेपालगाथा २०८३ जेठ १९ गते मंगलबार १७:००:४१ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि प्रतिनिधिसभा बैठक २५ गते बस्नेगरी स्थगित भएको छ । सभामुख डीपी अर्यालले विपक्षी दलका सांसदहरूले नाराबाजीसहित वेल गरेपछि सोमबारसम्मका लागि बैठक स्थगित गरेका हुन्।

विपक्षीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान लिएका छन् । प्रधानमन्त्रीको अभिव्यक्ति संवेदनशील र गम्भीर विषय भएकाले उच्चस्तरीय राजनीतिक छलफल गरेर समाधान निकाल्नुपर्ने उनीहरुको माग छ ।

विपक्षीको अवरोधले कार्यसूचीमा अघि बढ्ने अवस्था नभएपछि सभामुखले २५ गते सोमबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेको घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top