होमपेज / समाज
काठमाडौं । नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार विभिन्न ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका २१८ मध्ये १८९ जनाको स्वीकृत भएको छ । यसैगरी २९ जनाकाे आवेदन अयोग्य भएको छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ गरी २१८ जनाको आवेदन परेको थियो ।
स्वीकृत भएका १८९ बाट सर्टलिस्ट सार्वजनिक हुनेछ । अध्यादेशबाट विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ उपकुलपति चयन गर्न लागिएको हो ।