ट्रेण्डिङ

होमपेज / समाज

कामिरिता र लाक्पालाई प्रधानमन्त्री बालेनले दिए बधाई

नेपालगाथा २०८३ जेठ ३ गते आइतबार १८:५९:३५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह बालेनले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्न सफल कामिरिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई दिएका छन् । सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले दुवै जनालाई बधाई दिएका हुन् ।

शेर्पाले आज(आईतबार) बिहान १०ः१२ बजे सगरमाथाको ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानी रेकर्ड तोडेका थिए भने ‘माउन्टेन क्विन’का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९ः३० बजे ११औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेकी हुन् ।

प्रधानमन्त्री बालेनले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको उल्लेख गरेका छन् । पर्वतारोहण इतिहासमा शेर्पाको योगदान असाधारण रहेको भन्दै प्रधानमन्त्रीले हिमालका अदृश्य नायक भएको बताए ।

उनले लेखेका छन्, ‘नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम छ। हिमाललाई ईश्वर झैं पुजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने, र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक हुन् । उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top