ट्रेण्डिङ

होमपेज / समाज

नवनियुक्त उपकुलपतिद्वारा पदभार ग्रहण

नेपालगाथा २०८३ जेठ १ गते शुक्रबार १९:१७:१२ मा प्रकाशित

सु्र्खेत । मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलको स्वागत तथा पदभार ग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रममा नवनियुक्त उपकुलपति प्रा. डा. पौडेलले विश्वविद्यालयको स्थापना तथा विकासका लागि योगदान पुर्‍याउनुहुने सम्पूर्ण योगदानकर्ताप्रति आभार व्यक्त गर्नुभएको थियो। साथै, उपकुलपतिको जिम्मेवारी प्रदान गर्नुहुने सम्माननीय प्रधानमन्त्री एवं कुलपतिप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो।

उहाँले विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक साना–साना सुधार र परिवर्तनतर्फ विशेष ध्यान केन्द्रित गरिने उल्लेख गर्नुभयो। साथै, विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई समर्पण र प्रतिबद्धताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो।

वर्तमान परिवेशमा मध्यपश्चिम विश्वविद्यालयमा रिक्त रहेको उपकुलपतिको पदमा नयाँ नियुक्ति नभएसम्मका लागि सम्माननीय प्रधानमन्त्री एवं कुलपतिले मध्यपश्चिम विश्वविद्यालयका पुर्व रजिष्ट्रार प्रा. डा. पौडेललाई उपकुलपतिको जिम्मेवारी प्रदान गर्नुभएको हो।

स्वागत तथा पदभार ग्रहण कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top