होमपेज / समाज
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार पूरक परीक्षा आगामी असार १ गतेदेखि ९ गतेसम्म हुने भएकाे छ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले बताएको छ ।
