होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको इगरब्रिज आवासीय माध्यमिक विद्यालयले भर्खरै प्रकाशित भएको एसईईको नतिजामा फेरि पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशन गरेको २०८२ सालको एसईई परीक्षाको नतिजामा इगरब्रिज आवासीय माध्यमिक विद्यालयबाट ३ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । विद्यार्थी आशिष हमाल, दर्पण पुरी र प्रियङ्का पोखरेलले ४ जिपिए ल्याएका हुन् । यो सँगै २७ जना विद्यार्थीले ३.६० देखि ४.०० जिपिए प्राप्त गरेका छन् भने ४१ जनाले ३.२० देखि ३.६० जिपिए ल्याएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल दिपेन भूसालले विद्यालयले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउनुमा विद्यालय प्रशासन, विद्यार्थी र अभिभावको त्रिकोणात्मक सम्बन्धको उद्देश्य एउटै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ''विद्यार्थीको भविष्य उज्जवल बनाउने भन्दा हाम्रो अर्को कुनै उद्देश्य छैन । हाम्रो विद्यालय परिवारको सम्पूर्ण शक्ति खर्च हुने भनेको नै विद्यार्थीको अध्ययन अध्यापन कार्य राम्रो बनाउनुमा रहेको छ । जुन कुरा अभिभावक र विद्यार्थीले पनि चाहेका हुन्छन् ।''
.jpg)
विद्यालयका प्रशासन प्रमुख कृष्णा न्यौपाने भूसालले इगरब्रिज आवासीय माध्यमिक विद्यालयलाई देशकै उत्कृष्ट विद्यालय बनाउने अभियानमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ''हामीले विद्यार्थीको शैक्षिक पक्षलाई मात्र हेरेका छैनौं, हामीले त विद्यार्थीको सर्वाङ्गिण पक्षलाई ध्यान दिँदै शिक्षा दिइरहेका छौं । जसले गर्दा विद्यार्थीले विद्यालयमा सिकेका शैक्षिक, व्यवहारिक र संस्कारयुक्त ज्ञानका कारण भविष्य निर्माण गर्न सहज बनोस् भन्ने हाम्रो ध्यान रहेको हुन्छ ।''
विद्यालयका संस्थापक हेमप्रकाश भूसालले करिब ३ दशक अघि शुरुवात गर्नुभएको विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । गत वर्षको एसईई परीक्षामा पनि यस विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । विद्यार्थी दिक्षित चौधरीले ४ जिपिए सहित कर्णाली प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याएका थिए ।