ट्रेण्डिङ

होमपेज / समाज

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

नेपालगाथा २०८३ बैशाख २५ गते शुक्रबार १६:५९:५३ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेका ज्यादती बन्द गर्न  सरकारलाई आग्रह गरेका छन् । 

वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जनतालाई कानुन कार्यान्वयनको नाममा नागरिकलाई आतंकित बनाउने गतिविधि बन्द हुनुपर्ने बताएका हुन् । उनले लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनुपर्ने भए पनि पछिल्लो समय सुकुम्बासी व्यवस्थापनको नाममा  नागरिक उकुसमुकुसको अवस्थामा पुगेको टिप्पणी गरे ।

उनले वास्तविक अवस्था अध्ययन नगरी सुकुम्बासी बस्ती खाली गराउने कार्यले  सर्वसाधारण त्रसित बनेको बताए । 'लोकतन्त्रमा जनताको आवाज दबाउने प्रयास हुनु हुँदैन,' उनले भने, 'जनताले सुरक्षित महसुस गर्नुपर्ने हो, तर अहिले उनीहरू भय र अन्योलमा छन् ।'

मुख्यमन्त्री कँडेलले भूमिहीन तथा सुकुम्बासीको समस्या क्रमशः  समाधान हुने प्रकृतिको भएको उल्लेख गर्दै दीर्घकालीन र व्यवहारिक समाधान खोज्नुपर्ने धारणा राखे ।

उनले  झण्डै दुई तिहाई बहुमत  सरकारले सरकारी जग्गा संरक्षण अभियान अघि बढाइरहेका बेला मानवीय पक्षलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।  

रास्वपाले आफ्नो वाचापत्र कर्णालीबाट सार्वजनिक गरेको स्मरण गराउँदै  मुख्यमन्त्री कडेलले आगामी बजेटमा यसअघि प्रदेश सरकारले संघीय सरकारसमक्ष राख्दै आएका योजना र प्राथमिकतालाई समेट्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top