ट्रेण्डिङ

होमपेज / समाज

विश्व रेडक्रस दिवस मनाइँदै

नेपालगाथा २०८३ बैशाख २५ गते शुक्रबार ११:०१:५८ मा प्रकाशित

काठमाडौं । आज(शुक्रबार) विश्व रेडक्रस दिवस मनाइँदैछ । हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने गरिएको छ ।

रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौं स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न यो दिवस मनाउने गरिएको हो ।

समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्ने विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र कामका बारेमा चेतना फैलाउनेलाई सम्मान गरेर यो दिवस मनाउने प्रचलन रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top