होमपेज / समाज
काठमाडौं । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सिफारिस गरिएको छ । न्याय परिषद्ले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि ६ जना न्यायाधीशको संवैधानिक परिषद्मा सिफारिस गरेको थियो ।
जसमा शर्मासँगै हाल कामु रहेकी वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, तिलप्रसाद श्रेष्ठ र डा नहकुल सुवेदी रहेका थिए ।
हालसम्म नागरिकता र शैक्षिक प्रमाणपत्रको कैफियताका कारण संसदीय सुनुवाइ समितिबाट दीपकराज जोशी अश्वीकृत भएबाहेक प्रधान न्यायाधीशमा रोलक्रम अनुसार नै सिफारिस हुने गरेका थिए । मनाेजकाे सिफारिससँगै याे परम्परा ताेडिएकाे छ ।
जोशी विवादमा परेकै बेला पनि परिषद्ले वरिष्ठताका आधारमा उनैलाई सिफारिस गरेको थियो, पछि संसदीय सुनुवाइबाट अश्वीकृत भएका थिए ।
डा. मनोज शर्मा पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिजा हुन् । उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि केही समय पदमुक्त भएका थिए । उनलाई चोलेन्द्रसमशेर जबराको कार्यकालमा सर्वोच्चको न्यायाधीश नियुक्त गरिएको हो ।