ट्रेण्डिङ

होमपेज / समाज

बैजनाथका विद्यालयमा जलवायु सचेतना कार्यक्रम

नेपालगाथा २०८३ बैशाख २४ गते बिहीबार ०८:३३:३३ मा प्रकाशित

नेपालगञ्ज । जलवायु परिवर्तनका लागि विद्यालयस्तरमा सचेतना कार्यक्रमको आज  सरोकारवालाहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बास नेपालको आयोजना तथा बैजनाथ गाउँपालिकाको सहयोगमा बैजनाथ गाउँपालिकाका ५ वटा विद्यालयमा सञ्चालन हुने उक्त सचेतना कार्यक्रमको आज एक अनौपचारीक कार्यक्रमको आयोजना गरी विद्यालयका प्रधानाध्यापक र वडा अध्यक्षहरुसँग छलफल गरिएको हो ।

विद्यार्थी र विद्यार्थीहरु मार्फत अभिभावकलाई सन्देश प्रवाह गर्ने, कार्यक्रम संचालित विद्यालयलाई जलवायु मैत्री र हरित विद्यालयको अवधारणा अनुरूप अगाडि बउाउने उदेश्यका साथ सञ्चालन हुन लागेको उक्त कार्यक्रममा बेजनाथ गाउँपालिका अन्तर्गतका सुर्योदय मावि, सुन्दर आधारभूत विद्यालय, सिंह भवानी आधारभूत विद्यालय, नेरामावि र गुरुवागाउँ माविमा जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछ । असार मसान्तसम्म सञ्चालन हुने उक्त कार्यक्रममा करिब चारसय जति कलास चल्नेछन् ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु, वडा नम्बर १ र ५ का वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

बास नेपालको कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रममा स्वागत तथा उक्त कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए भने बास नेपालका कार्यक्रम संयोजक शोभा थापा मगरले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top