ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

नेपालगाथा २०८३ बैशाख २३ गते बुधबार १३:३४:०६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद् बैठक बोलाएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बिहीबार अपरान्ह ५ बजे बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top