ट्रेण्डिङ

होमपेज / समाज

सञ्चार मन्त्रालयअन्तर्गत काे-काे पदाधिकारी भए स्वतः पदमुक्त (हेर्नुहाेस् सूची)

नेपालगाथा २०८३ बैशाख २२ गते मंगलबार २०:४०:४७ मा प्रकाशित

काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ जारी भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभिन्न संस्थान/बोर्ड/प्राधिकरणका पदाधिकारीहरु स्वत: पदमुक्त भएका छन् ।

पदमुक्त हुनेमा गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द्र प्रसाद भण्डारी, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य लगायत सदस्यहरु रहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी लगायत सदस्यहरु, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं लगायत सदस्यहरु रहेका छन् ।

यस्तै सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्षा डा. महेन्द्र विष्ट लगायत सदस्यहरु पनि स्वत: पदमुक्त हुने सूचीमा रहेका छन् ।

हेर्नुहोस् सूची

प्रतिक्रिया

सम्बन्धित खवर

Top