ट्रेण्डिङ

होमपेज / समाज

संसद् अधिवेशन वैशाख २८ गते आह्वान गर्न सरकारको सिफारिस

नेपालगाथा २०८३ बैशाख २२ गते मंगलबार १५:४८:३० मा प्रकाशित

काठमाडाै‌ । वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सरकारले राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकले संसद्को अधिवेशन आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यसअघि सरकारले वैशाख १७ गतेका लागि आह्वान गरेको अधिवेशन भोलिपल्टै स्थगित गरिएको थियो । सरकारका नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि सरकारले बजेट अधिवेशन आह्वान गरेको हो ।

जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता छ । त्यसअघि संसद्‌मा सरकारको नीति तथा कार्यक्रम ल्याउनु पर्ने व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top