ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रपतिद्वारा तीन वटा अध्यादेश जारी

नेपालगाथा २०८३ बैशाख १९ गते शनिबार १६:३९:३८ मा प्रकाशित

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले केही जारी गरेका छन् । उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ जारी गरेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले थप तीन वटा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले यसअघि सहकारी र खरिदसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top