ट्रेण्डिङ

होमपेज / समाज

वीरगंज भन्सार कार्यालयबाट दैनिक एक अर्ब राजस्व संकलन

नेपालगाथा २०८३ बैशाख १९ गते शनिबार ०९:०५:५१ मा प्रकाशित

वीरगंज । वीरगंज भन्सार कार्यालयले तीन दिनमा पेट्रोलियम पदार्थको भन्सार जाँचपास गरेर तीन अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । वीरगंज भन्सार कार्यालयले आयातीत एवम् निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न गत वैशाख १५ गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन् ।

वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले उद्यमी–व्यवसायीले भन्सार जाँचपासको प्रक्रियामा लगातार तीन दिन सहभागी नहुँदा पनि पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल जन्यवस्तुको भन्सार जाँचपास हुँदा तीन दिनमा करिब तीन अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको बताए ।

वीरगंज भन्सार कार्यालयका अनुसार वैशाख १५ गते ३५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यस्तै वैशाख १६ गते एक अर्ब ९० करोड रुपैयाँ राजस्व सङ्कलन भयो । त्यस्तै वैशाख १७ गते पनि ९० करोड राजस्व सङ्कलन भएको सूचना अधिकारी विष्टले जानकारी दिए ।

‘पेट्रोलियम पदार्थको भन्सार जाँचपास भएकाले पनि सो रकम राजस्व सङ्कलन भएको हो,’ उनले भने । आर्यातकर्ता तथा स्वदेशी उद्यमले चौथौ दिन पनि भन्सार जाँचपास प्रक्रियामा सहभागि भएका छैनन् । आयातकर्ता भन्सार जाँचपास गर्न फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सरिक नहुँदा भन्सार जाँचपास रोकिएको हो । सूचना अधिकारी विष्टका अनुसार आयात–निर्यातकर्ताले जाँचपासको फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका काममा सरिक नहुँदा जाँचपास रोकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top