होमपेज / समाज
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ४ गतेसम्म राति ७ घण्टा बन्द हुने भएको छ ।
विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखाका अनुसार विमानस्थल सुधार आयोजनाबाट धावनमार्ग नजिकै ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्य हुने भएकाले राति पौने १२ देखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गर्ने निर्णय भएको छ ।
विमानस्थल कार्यालयले नोटाम जारी गर्दै सोमबार रातिदेखि जेठ ४ गतेसम्म दैनिक बन्द हुने भएपछि उडान अवधि कटौती गरेको बताएको छ ।
