ट्रेण्डिङ

होमपेज / समाज

पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षाको सम्भावना

नेपालगाथा २०८३ बैशाख ३ गते बिहीबार १०:१८:४३ मा प्रकाशित

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भू–भागमा आंशिक बादल लागेको छ तथा तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

आज(बिहिबार) दिउँसो कोशी प्रदेशको पहाडी भू–भाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top