ट्रेण्डिङ

होमपेज / समाज

एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

नेपालगाथा २०८२ चैत्र २७ गते शुक्रबार ०८:२७:२४ मा प्रकाशित

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महशाखाले बताएको छ ।

महशाखाका अनुसार आज(शुक्रबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको पहाडी र तराई भू–भाग तथा बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राति कोशी कोशी प्रदेश लगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top