ट्रेण्डिङ

होमपेज / समाज

‘स्थानीय पालिकासँग समन्वय र सहकार्य गर्दा पालिकाले अपनत्व लिएको छ’ – उपप्रमुख खनाल

समाज जागरण केन्द्र (स्याक) नेपालको १९औं सामाजिक परीक्षण

नेपालगाथा २०८२ चैत्र २६ गते बिहीबार २०:३०:०० मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले समाज जागरण केन्द्र (स्याक) नेपालले स्थानीय पालिकासँग समन्वय र सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्दा पालिकाले समेत कार्यक्रमको अपनत्व लिने अवस्था आएको बताउनुभएको छ । बिहीबार वीरेन्द्रनगरमा सञ्चालन भएको समाज जागरण केन्द्र (स्याक) नेपालको १९औं सामाजिक परीक्षण कार्यक्रममा उपप्रमुख खनालले यस्तो बताउनुभएको हो । 

स्याक नेपालको स्थापनाकालदेखि नै आफू नजिक बताउँदै उपप्रमुख खनालले गैरसरकारी संस्थाले गर्ने कार्यक्रम पनि स्थानीय पालिकाको नै भएकाले यसलाई गैरसरकारी संस्थाले मात्र गरेको तर स्थानीय पालिकाले नगरेको तरिकाले व्याख्या नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, कार्यक्रम गर्ने तरिका, बजेटको खर्च प्रणाली र कर्मचारीपरिचालनका लागि मात्र संस्थाले जिम्मेवारी पाएको हो, यहाँ सञ्चालन भएका कार्यक्रम त सबै नगरपालिका सरकार मातहतकै भएको बताउनुभयो । उपप्रमुख खनालले स्याक नेपालले सामाजिक परीक्षणलाई संस्थागत तरिकाले नै व्यवहारमा उतारेकाले संस्थाको प्रशंसा समेत गर्नुभयो । 


यसैगरी सेभ द चिल्ड्रेनका परियोजना व्यवस्थापक वालमुकुन्द महतले समाज जागरण केन्द्र (स्याक) नेपालले संस्थागत रुपमा सञ्चालन गर्दै आइरहेको सामाजिक परीक्षण कार्यक्रम अन्य संघसंस्थाका लागि समेत मार्गदर्शकका रुपमा रहेको बताउनुभयो । 

यसैगरी कार्यकारी निर्देशक टिकाराम आचार्यले संस्थाका विभिन्न कार्यक्रमहरुमा सुशासन र पारदर्शी बनाउनका लागि संस्थाले आन्तरिक र बाह्य रुपमा नियन्त्रण गर्न विभिन्न रणनीतिहरु बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, हामी खासगरी समाजमा सकारात्मक परिवर्तन कसरी ल्याउन सकिन्छ र मानिसको दैनिक जीवनयापनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने सोच राखेर स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा कार्यक्रम गरिरहेका छौं । यसले पनि स्थानीय सरकार र लाभान्वित वर्गको अपनत्व बढिरहेको हामीले महशुस गरेरका छौं ।


कार्यक्रममा उपस्थित विभिन्न साझेदार संस्थाहरुका प्रतिनिधिहरु र अन्य सहभागीहरुले स्याक नेपालले सामाजिक उत्तरदायित्वका औजारहरु प्रयोग गरेर संस्थाले आफूलाई थप जिम्मेवार र पारदर्शी बनाएकोमा खुशी लागेको बताए । 

स्याक नेपालका अध्यक्ष मिना तिवारीले संस्थाले विगत लामो समयदेखि सामाजिक परिक्षण कार्यक्रमलाई संस्थागत रुपमा नै अघि बढाएकाले यसलाई समयानुसार थप परिस्किृत गर्दै लैजाने बताउनुभयो । 

स्याक नेपालले सञ्चालन गरेका विभिन्न कार्यक्रमबाट लाभान्वित व्यक्तिहरुलाई भेटेर श्रव्यदृश्य सामग्रीे नै प्रस्तुत गरेका सामाजिक परीक्षक त्रिभुवन बिसीले स्याक नेपालले महिला, बालबालिका, किशोर किशोरी र पछाडि पारिएका व्यक्तिका लागि थुप्रै कार्यक्रम गरेको बताउनुभयो । उहाँले संस्थाले गरेका विभिन्न कार्यक्रमहरुका सफलताका कथाहरुलाई डिजिटलाइज गर्नुपर्ने र यस्ता गतिविधिहरु सबैको हातमा रहेको मोबाइलमा पुर्याउन सकेमा कार्यक्रमको सकारात्मक प्रभाव अझै बढ्ने सुझाव पेश गर्नुभयो । 

कार्यक्रमलाई पारदर्शी र जवाफदेही बनाउनका लागि कार्यक्रमको शुरुमा नै  सामाजिक परीक्षण कार्यक्रमको खर्च विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रम संयोजक तेज सोनामले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । 


स्वास्थ्य सम्बन्धी नयाँ परियोजनाको शुरुवात
समाज जागरण केन्द्र (स्याक) नेपालले स्वास्थ्य सम्बन्धी ‘नेपालमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार ९क्च्ज्च्०का लागि उत्थानशिल स्वास्थ्य प्रणाली’ परियोजना शुरु गर्न लागेको जानकारी दिएको छ । वीरेन्द्रनगर नगरपालिकामा एक कार्यक्रमको आयोजना गर्दै स्याक नेपालले सुर्खेत जिल्लाका वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकामा सञ्चालन गरिने जानकारी दिएको हो । 

पहिलो चरणमा कार्यक्रका बारेमा तीन महिनासम्म कार्यक्रम सञ्चालन गरिसकेपछि स्थानीय समुदायको आवश्यकताका आधारमा कार्यक्रमको ढाँचा तय गरिने संस्थाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top