होमपेज / समाज
काठमाडौं । यातायात व्यवसायी महासंघले सरकारलाई अन्तिम चेतावनी दिँदै भाडा समायोजन नगरे यातायात ठप्प पार्ने बताएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य बारम्बार बढ्दा पनि भाडा समायोजनमा सरकारले ध्यान नदिएको भन्दै महासंघले अन्तिम चेतावनी दिएको हो । महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा समायोजन विधिअनुसार गर्न माग गरिएको छ ।
‘यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत र मालवाहक सवारीमा तराई तथा पहाडमा क्रमशः ८.८१ र १४.२९ प्रतिशत भाडा बढाउन सिफारिस गरिसक्दा पनि मन्त्रालयले फाइल थन्काएर राखेको छ । २०७२ सालदेखि १३ वटा मुख्य सूचकहरुका आधारमा भाडा समायोजन नभएको र अहिले दैनिक लाखौँ रुपैयाँ घाटा सहेर व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ,’ विज्ञप्तिमा उल्लेख रहेकाे छ ।
महासंघले अब घाटा खाएर सेवा दिन नसक्ने स्पष्ट पारेको हो ।